ब्याजदर कम छ, तर कर्जा किन बढेन ? सिबिफिनका कार्यवाहक अध्यक्ष भन्छन – माग नै कमजोर भयो

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले नीतिगत अस्थिरता र उपभोग गर्ने जनशक्तिमा आएको कमीका कारण अर्थतन्त्रमा माग कमजोर हुँदा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको बताएका छन्। सिबिफिनले बुधबार आयोजना गरेको अन्तरक्रियामा उपाध्यायले ब्याजदर कम हुनु मात्रै कर्जा विस्तारका लागि पर्याप्त नहुने बताए। ‘कर्जाको मुख्य कुरा माग नै हो, ब्याजदर कम […]