काठमाडौँ – डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। २९ हजार ७१७ मत गन्दा देउवाले १४ हजार ७९६ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार ६८७ मत पाएका छन् भने नेपाली कांग्रेस बीपीका कर्ण मल्लले ४ हजार ३३३ मत पाएका छन्। १ हजार ८८५ मत बदर भएको छ।