काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख दिशातर्फ अघि बढिरहेको र लयमा हिँडिरहेको बताएका छन् । उच्च अदालत पाटनको भवन उद्घाटन क्रममा प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताएका हुन् । उच्च अदालत पाटनको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यहाँहरूलाई थाहा छ, अहिले न्यायपालिका स्वाभाविक लयमा हिँड्न थालेको छ । र, सुधारको मार्गमा उन्मुख भइरहेको छ […]
The post न्यायपालिका सुधारउन्मुख भइरहको छ : प्रधानन्यायाधीश श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कहीँ कतैबाट न्याय पाइएन भने न्यायका लागि अन्तिम थलो हो, सर्वोच्च अदालत । समग्र न्यायपालिकाको केन्द्रसमेत रहेको सर्वोच्च अदालत पछिल्ला समय ज्यादै चर्चा र विवादमा पर्न थाल्यो । न्यायपालिका सुधार र शुद्धीकरणका सम्बन्धमा भने यो साल सम्झनलायक बन्यो ।पछिल्लो समय न्यायपालिका नै भ्रष्टाचारको केन्द्र बनेको र त्यसमा न्यायाधीशहरु नै संलग्न रहेको विषय पनि उठ्यो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, भ्रष्टाचार एव
मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् । लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन
कर्णाली । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताएका छन् । जुम्लामा हिजो आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला हुँदासम्म पूरा गरिने न्याय सम्पादनबाट सेवाग्राहीलाई मिल्ने सन्तुष्टिले न्यायपालिकाप्रतिको आस्था बढ्ने बताए । सुदृढ न्यायपालिका […]
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् । जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । 'देशमा संविधान पनि छ । कानुन पनि छ । केही न्यायपालिका परिवर्तनसमेत भएको छ,' उनले भने, 'नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले सुरु गरेको छ ।' कार्कील
पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान (टीआईपी) ले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सबैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो। प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकेदारसम्बन्धी संघसंगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ। दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण […]
अक्कल कुँवरकाठमाडौं, कात्तिक २२ । लामो समयदेखि न्यायपालिका विवादको भूमरीमा फसेको छ । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै सर्वोच्चमा भइरहेको विवाद झन्झन् गहिरिँदै गएको छ । तर, न्यायपालिकामा जारी विवाद समाधानका लागि राजनीतिक अग्रसरता लिन दवाव आएपनि राजनीतिक दलहरु भने मौन छन् । न्यायालयभित्र अहिले देखिएको विवादको मूल जड राजनीतिक नेतृत्वमै छ । मन्त्रिपरिषद् र […]
०६५ सालमै हो, ‘जवाफदेही न्यायपालिका हाम्रो प्रतिबद्धता’ नाराका साथ न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन भएको । तर, त्यसयता पनि न्यायपालिकाको साख दिनानुदिन खस्कँदै गएको छ । सम्मानित सर्वोच्च अदालत न्यायको अन्तिम आसरा हो । तर,...
न्यायपालिका तथा त्यसको उच्चतम स्वरुप सर्वोच्च न्यायालय हो। जटिल द्वन्द्व र संवैधानिक जटिलता अनि सरकारका विविध नीति, निर्णयहरुसँगै नागरिकमाथि भएको अन्यायबारे अन्तिम निर्क्यौल र व्याख्या गर्ने दायित्व बोकेको सर्वोच्च अदालत अहिले स्वयं द्वन्द्वको अखडा बनेको छ। प्रधान न्यायाधीश त्यो झगडाको एक पक्ष बनेका छन् भने अन्य न्यायाधीशहरु अर्कोतिर। न्याय दिने ठाउँमा रहेका श्रीमानहरु आफैँ झगडिया […]
पछिल्लो समयमा नेपालको राजनीतिमा शक्ति पृथकीकरणको अवस्थामा केही खलबल आएको देखिन्छ । हरेक मुलुकमा कार्यपालिका न्यायपालिका र व्यवस्थापिका एकआपसमा सन्तुलन र नियन्त्रणको सिद्धान्तअनुसार सञ्चालन हुने गर्छन् । यो लोकतन्त्रको सुन्दर पक्षसमेत हो । तर, हामीकहाँ कार्यपालिका र व्यवस्थापिका केही कमजोर हुँदा न्यायपालिकाले त्यसको फाइदा उठाउने गलत मनसाय राखेको देखिन्छ । न्यायपालिका र व्यवस्थापिका शसक्त र […]
The post न्यायपालिका आफ्नो गरिमामा बस्नुपर्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.