उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताएका छन् । सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै खड्काले कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजना रहेको बताएका हुन् ।