ऐनमा तोकेअनुसारको तलब नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

संखुवासभा : संघीय सरकारले तोकेअनुसारको पारिश्रमिक नदिएको भन्दै संखुवासभाका बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले १० वटै स्थानीय तह र शिक्षा विकास समन्वय इकाईको ध्यानाकर्षण गराएका हुन्। पाँच शिक्षक संगठनले संघीय सरकारले बढाएको पारिश्रमिक नदिएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका छन्। संघीय सरकारले तोकेअनुसारको १५ हजार रुपैयाँ तलब पाउनुपर्ने भए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयन नगरेको नेपाल शिक्षक महासंघका