यी युवतीलाई लाग्यो सुन्दर अनौठो रोग, युवकलाई देख्नेबित्तिकै खुट्टा काँपेर लड्छिन्

बेलायतमा बस्ने एक महिलालाई निकै अनौठो रोग लागेको छ ।  मस्तिष्कको एक समस्याका कारण उनी सार्वजनिक स्थानमा टाउको झुकाएर हिँड्न बाध्य छिन् । उनले सुन्दर युवक देख्नेबित्तिकै गोडा काँप्ने र लड्ने डरका कारण यसो गर्न बाध्य भएकी हुन् ।  ३२ वर्षकी क्रिस्टी ब्राउन इंग्ल्यान्डको चेशायर शहरमा बस्छिन् । उनलाई केटाप्लेक्सी नामक रोग लागेको छ । क्रोध, खुशी वा डर जस्ता बलिया भावका कारण यो डिसर्डर आउँछ अनि मांसपेशी पक्षघात भएजस्तो हुन्छ र क्रिस्टी लड्न खोज्छिन् ।  यसका बारेमा क्रिस्टीले बताइन्, ‘यो लाजै लाग्ने समस्या हो । सु...