जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए ।‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो निरन्तर झरी र वर्षको सम्भावना कम हुन सक्छ । यद्यपि मनसुन भने कायमै हुने अवस्था छ ।’सोमबारदेखि दशैंको घटस्थापना स