महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार लगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ ।
परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि ‘चेक प्वाइन्ट’ राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।
प्रहरीले दशैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दशैंतिहार लक्षित गर्दै करीब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिन...