नेपाली कांग्रेसका नेताहरुले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । काठमाडौंमा नेपाली कांग्रेस क्षेत्र नं. ९ (क) प्रदेशद्वारा आयोजित तीज शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा काँग्रेस नेताहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जितले संस्कृतिको संरक्षण र निरन्तरता दिनुपर्ने तर यसलाई भड्किलो बनाउन नहुने बताए । उनले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने,