खुम्बु क्षेत्रको १० थान मतपेटिका हेलिकप्टरबाट सल्लेरी झारियो

सोलुखुम्बु - खुम्बु क्षेत्रको १० थान मतपेटिका हेलिकप्टरमार्फत् सल्लेरी ल्याइएको छ ।  खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ नाम्चेमा सङ्कलन गरिएको मतपेटिकामध्ये पहिलो पटकमा नेपाली सेनाको हेलिकप्टरबाट १० थान मतपेटिका फाप्लु झारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयाे । उहाँका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार वटा उडान गरिने भएको छ । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा खरिखोलाको २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्या...