काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । उक्त निर्णयअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेल सरुवा गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. […]