चीनले गर्दैछ ६जी प्रविधिमा काम, अमेरिका पर्‍यो निकै पछि (भिडियो)

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ ।  अनुसन्धाताहरूले एक सेकेन्डमा एक टेराबाइट डेटा एक किलोमिटर पर पठाएका छन् । भोर्टेक्स मिलिमिटर वेभ उपयोग गरेर उनीहरूले कीर्तिमान हासिल गरेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।  भोर्टेक्स मिलिमिटर भन्नाले एकदमै उच्च फ्रिक्वेन्सीको रेडियो वेभ हो जुन द्रुत गतिमा घुम्छ ।  सिन्ग्वा विश्वविद्यालयको स्कू...