२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् । प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ […]
१३ भदौ, काठमाडौं। अष्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन थप गरिएको छ । अष्ट्रेलियाको दोस्रो ठूलो सहरको रुपमा रहेको मेलबर्नमा अझै पनि कोरोनाको डेल्टा भेरियन्टको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोनाका ९२ नयाँ संक्रमित थपिएसँगै मेलबर्नमा लगाइएको लकडाउन थप गरिएको हो । […]
२७ साउन, काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ । एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ । मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । […]
बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम. मोजमेल हकले बताए। अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उनले बताए । उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुन
३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]
२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा […]
एजेन्सी। भारतको राजधानी दिल्लीमा लकडाउन मे २४ सम्म थपिएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लकडाउनको अवधि थप गरिएको घोषणा गरेका हुन्। लकडाउनका कारण दिल्लीमा कोरोना संक्रमण घट्दै गएको छ। लकडाउन अवधि थप गर्नुको कारण यसैलाई बताइएको छ। दिल्लीमा अहिले पनि दैनिक ३ सयको आसपासमा मृत्यु भइरहेको छ। दिल्लीमा अप्रिल १९ देखि लकडाउन लगाइएको हो।
काठमाडौं। भारतको संघीय राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन थपिएको छ। दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले एक हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेका हुन्। पछिल्लोपटक गरिएको घोषणाअनुसार १० मेदेखि लकडाउन सकिँदै थियो। तर अब १७ मेसम्म लकडाउन घोषणा भएको छ। दोस्रो लहरसँगै मृत्यु हुनेको संख्या बढेपछि दिल्लीसहित भारतका विभिन्न राज्यमा लकडाउन लगाइएको छ।
काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन एक साता बढाउने घोषणा गरेका हुन्। अब १० मे सम्म लकडाउन हुनेछ। यसअघि ३ मे सम्म लकडाउन गरिएको थियो। यसअघि दिल्लीका व्यापारीहरूको संगठनले ३ मे पछि पनि स्वेच्छिक लकडाउनको घोषणा गरेको थिए। दिल्लीमा कोरोना महामारीको भयावह अवस्था छ।
जर्मनीमा लकडाउन अवधि आगामी ७ मार्चसम्म लम्ब्याइएको छ । बुधबार यस विषयमा निर्णय भएको हो ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागी जर्मनीमा अहिले पनि लकडाउन छ । जारी लकडाउनलार्ई नै आगामी मार्च...