आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामको जोड घटाउ सुरु भइसकेको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन पार्टीहरुले गरेको आग्रह कतिपय नेताले स्वीकार गरेपनि कतिपयले फिर्ता गरेका गरेनन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय सीमामा कतिपय बागीले उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिने कतिपय उम्मेदवारहरू बलियो