सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।