एमालेको केन्द्रीय कमिटीमा ३६ पुरुष र ७२ महिलालाई नयाँ अवसर

चितवनमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा पुराना सदस्यहरू कायमै रहेको अवस्थामा १०८ जना नयाँ केन्द्रीय सदस्य थपिने भएका छन् । नयाँ थपिने १०८ मध्ये ७२ जना महिला र ३६ जना पुरुष केन्द्रीय कमिटीमा बढुवा हुन पाउनेछन् ।गत असोज १५ गते ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनले एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्थासहितको विधान पारित गरेको थियो । तर, चितवन पुगेर त्यसलाई संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । ३०१ जनाको केन्द