दार्चुलाको आकाशमा भारतले निरन्तर हेलिकप्टर उडायो, रोक्न पत्राचार

धनगढीः दार्चुलाको महामालीमा साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काईदिएपछि नेपाली युवा जयसिंह धामी महाकालीमै बिलाए। सो घटनाको छानविन गर्न गृह मन्त्रालयले जनार्दन गौतमको नेतृत्वमा टोली नै गठन गर्यो र दार्चुला पठायो।मन्त्रालयले गठन गरेको उक्त छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीको उपस्थितीमा तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प