सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ । युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन् । तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ […]