नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरुलाई नै विभिन्न जिल्लामा खटाएको छ । ७७ वटै जिल्लामा १/१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक-फरक जिल्लामा फरक-फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई समेत खटाएको हो ।