अगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गानीले काबुलको जनता बचाउन आफूले देश छाड्ने फैसलालाई सही भएको बताएका छन्। यस वर्षको अगस्टमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो। पूर्व-राष्ट्रपतिले देश छोड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। साथै उनले काबुलको विनाश रोक्नका लागि आफूले देश छोड्नु परेको बताएका हुन्। गानीले १५ अगस्टमा ब्युझँदा अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुने अन्दाज नगरेको बिबिसीसँग बताएका छन्।'जब विमान काबुलबाट बाहिरियो तब मात्र आफू जाँदैछु भन्ने महसुस गरे'