पर्वहरुले राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उँधौली पर्व पनि हाम्रा पर्वहरुमध्ये एउटा महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै हाम्रा विविध पर्वहरुले नै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गरेका बताएका छन् ।...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा पछिल्लो समय बढेको अस्थिरता र अराजकताले राज्यका संरचनाहरु कमजोर बन्दै गएको बताएका छन्।
मंगलबार हेटौंडामा आयोजित प्रदेश लोकसेवा आयोगको चौंथो वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले...
काठमाडौं,१४ जेठ । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेशसभामा रोचक दृष्य देखिइको छ । सभामुख भुवन पाठकले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई अनुमति दिएपछि नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रदेश प्रमुख केही समय अलमलमा परेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री […]
काठमाडौं, २९ भदौ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गरेका छन् । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन् […]
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्धिको आधार समेत तयार गरिदिएको बताए ।शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा आफ्नो अमूल्य
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो ।भेटमा आयोगका अध्यक्ष सुवेदीले आयोगबाट हालसम्म भएका गतिविधिका बारेमा प्रदेश प्रमुख शर्मालाई जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्मको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको गतिविधि, छानविन, परिचयपत्र वितरण लगायतका
हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्।चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भन्ने उद्देश्यले प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको जनाएका छन्। शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईँले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।ललितपुरको ग्वार्कोमा बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले किष्ट मेडिकल कलेजलाई मृत्युपछि शरीर दान गर्ने निर्णय गरेका
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए ।
उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका छन् । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बता...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए ।उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका छन् । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहन