‘नाबालक’ लाई ३६ वर्षे भन्दै कारागार ?

उमेर खुल्ने कागजात उपलब्ध गराउन नसक्दा यहाँका एक ‘बालक’ लाई अदालतले ३६ वर्ष कायम गर्दै कारागार चलान गरेको छ । ती बालक ११ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । चोरी आरोपमा गत असोजमा पक्राउ परेका ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका एक बालकको जन्मदर्ता नभएकै कारण मुद्दामा सुनुवाइ भएको छैन ।