कास्की – ४३ औँ पर्यटन दिवसकाे अवसर पारेर आज मङ्गलवार पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । गण्डकी प्रदेशकाे पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आज मङ्गलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकलाई बाजागाजासहित स्वागत गरिएको हो ।
कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अ...