सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि नौ वटा इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोक्नुभएको थियो ।