सर्वोच्चको उदार आदेश

प्रायः न्यायालय र प्रेसबीच देखिने  अन्तर्द्वन्द्वलाई सर्वोच्च अदालतको हालै सार्वजनिक फैसलाले सहज उपाय दिएको छ। उदार लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसले जनताको प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्छन्। प्रेसले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा न्यायालयको तर्फबाट अवहेलनाको डण्डा देखाउने स्थिति आउँछ। प्रेसको कामलाई उदारतापूर्वक महसुस गर्न सक्ने हो भने त्यो व्यक्तिगत होइन, संस्थागत सुधारका निम्ति हुन्छ। सर्वोच्चको एउटा बृहत् पूर्ण इजलासले यो अन्योल अन्त्य गरिदिएको छ। चिकित्सा शिक्षा