वैशाख २२, काठमाडौं । मञ्जुश्री फाइनान्सको कम्पनी सचिव परिवर्तन भएका छन् ।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रबन्धक रहेका विकाश राज शाक्यलाई बिहीवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।