प्रकाश सपुतको ‘मेरोपनि होइन र यो देश’ सार्वजनिक

बागलुङ : चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ। सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा ल्याइएको गीत पछिल्लो १९ घण्टामा ६ लाख बढी दर्शकले हेरिसकेका छन्।गीत युट्युव ट्रेडिङको दुई नम्बरमा छ। ‘हाम्लाई के नै सुख छर...सक्नेले गर...नसक्ने पर...तर...मेरो पनि हैन र यो देश मेरो पनि होइन र’ थेगो रहेको गीतमा राष्ट्रीय भावना झल्किन्छ। गीतका टुक्काहरुमा आम नागरिकका गुनासो समेटिएका छन्।यसको म्युजिक ऐरेज्मेन्टमा देशको