मानवशास्त्री ओम गुरुङको निधन

मानवशास्त्री प्राडा डा.ओम गुरुङको निधन भएको छ । ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।मृगौला फेल भएपछि गुरुङले ट्रान्सप्लान्ट गरेका थिए । त्यसपछि उनलाई क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै आएको गजुरेलले बताए । गुरुङ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार संयोजक थिए ।उनी आदिवासी जनजाति महासंघको महासचिवको समेत भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित सामग्री

रहेनन् समाजशास्त्री ओम गुरुङ

काठमाडौं। समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् । उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, […]

मानवशास्त्री ओम गुरुङ रहेनन्

काठमाडौँ- नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरेर उनलाई थप उपचारका लागि नेपाल ल्याइएको थियो। आइतबार अस्पताल भर्ना गरिएका उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्रिभुवन […]

रहेनन् समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङ

काठमाडौं । समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ । विगत केही वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेका गुरुङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा निधन भएको हो । आदिवासी जनजाति महासंघका महासचीव दिवस राईका अनुसार क्यान्सरको उपचारको क्रममा उनको मृत्यु भएको हो । राईले नेपालप्रेसलाई भने, ‘उहाँ किड्नीको बिरामी हुनुहुन्थ्यो । […]