काठमाडौं : मधेस प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। प्रदेशसभा सचिवालयमा दिउँसो २ शपथ ग्रहण हुने सचिवालय सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभामा रहेका १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले हिजो नै शपथ लिएका थिए। उनले आज बाँकी १ सय ६ जना प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्। मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।यस्तै नवनिर्वाचित सूदुरपश्