काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामैत्री बजेट ल्याउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताएकी छिन्।मन्त्री चौधरीले गृह, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयबीच आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइन्। बिहीवार काठमाडौँमा आयोजित शिक्षा सम्मेलनमा बोल्दै उनले किशोरीमैत्री बजेटका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताइन्। महिलाहरुका लागि उद्य