कोरानाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् । सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन् ।कतिपय जिल्लामा अन्य उमेर समुहका मानिसहरुले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या म