डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रवार आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट९यदु०ले बताए । उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ […]

सम्बन्धित सामग्री

डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो ।  बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताए ।उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ ।’ आर्थिक विकासको योजनालाई प्राथम

बजेटको प्राथमिकतामा कृषि वस्तुको आयात प्रतिस्थापन कार्ययोजना

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कृषि वस्तुको आयात प्रतिस्थापन गर्ने कार्ययोजनालाई प्राथमिकता दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयात प्रतिस्थापन कार्ययोजनालाई प्राथमिकतामा राख्दै विभिन्न खालका वार्षिक मिसन कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । आयात प्रतिस्थापन गर्न मन्त्रालयले धान र तरकारी बालीदेखि पशुपन्छीजन्य उत्पादन वृद्धिका कार्ययोजना अघि सारेको छ । धानको उत्पादन बढाउन मन्त्रालयले वर्णसंकर जातका ३४ बीउ र तिनका १६० ओटा ‘प्यारेन्टल लाइन’ परीक्षणका लागि राखेको छ । हाल नेपालमा हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३ गरी दुई जातका वर्णसंकर धान मात्र उत्पादन भइरहेको छ । यसैगरी मन्त्रालयले नेपाली कम्पनीलाई विदेशी कम्पनीसँगको साझेदारीमा बीउ उत्पादनको अनुमति दिने भएको छ । धानसँगै मकैका हाइब्रिड जात विकास गर्न परियोजना तयार गरी कार्यान्वयन गरिँदै छ । मन्त्रालयको लगानीमा कृषि विश्वविद्यालयमार्फत हाइब्रिड जातका बीउको विकास गर्ने लक्ष्य छ । यस्ता कार्यक्रमबाट वर्षेनि बीउ आयातका लागि विदेशिने रकम नेपालमै रोकिने र नेपाली कृषि क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार उन्नत तथा वर्णसंकर बीउको प्रयोगमा मूल्य अनुदान प्रदान गर्न प्रतिस्थानीय तह १० लाखदेखि १५ लाखका दरले १४ करोड बजेट विनियोजन गर्ने योजना छ । यस्तै चैते धान उत्पादन गर्ने किसानलाई प्रतिहेक्टर १० हजारका दरले अनुदान दिने सरकारको योजना छ । यसैगरी तरकारीको आयात प्रतिस्थापनका लागि तोकिएका स्थानीय तहमा नमूना कृषि विकास एकीकृत कार्यक्रमको कार्यान्वयन अघि बढाइँदै छ । राष्ट्रिय प्राथमिकता प्राप्त तरकारी बालीको क्षेत्रफल तथा उत्पादन वृद्धिका लागि लक्षित परिमाणसहित अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ । त्यसैगरी आयात प्रतिस्थापन गर्न कृषि मन्त्रालयले प्रस्ताव गरेका मुख्य १० ओटा मिशनमध्ये धान, मकै, स्याउ, आलु र प्याजलाई प्राथमिकतामा राखिएको मन्त्रालयले बताएको छ । पशुपन्छी उत्पादनको आयात प्रतिस्थापनका लागि सरकारले बनाएको पशु स्वास्थ्य ऐन २०५५ को नियमावली पूर्ण कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । यस्तै पीपीआर रोगको प्रयोगशाला परीक्षणको नतीजाका आधारमा मात्र खसीबोका आयात गर्न दिइनेछ । सरकारले बनाएका यस्ता योजना वर्षौंदेखि सुनिँदै आए पनि त्यसको कार्यान्वयनको पाटो भने फितलो छ । निर्धारित योजना अनुरूप काम गर्न सरकार चुकेको कृषिका सरोकारवाला बताउँछन् । कृषि अभियन्ता तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले योजना मात्र बनाउने भन्दा भएकै कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । किसानको समस्या के हो र कहाँनिर किसानलाई हेर्नुपर्छ भन्नेतर्फ सरकारको ध्यान जानु जरुरी रहेको उनको भनाइ छ ।

कपिलवस्तुका स्थानीय सरकारको प्राथमिकतामा कृषि र रोजगार

कपिलवस्तु : वाणगंगा नगरपालिकाले एक अर्ब १८ करोड ३५ लाख ६५ हजार ४३० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको छ। आकाशे पुल, डम्पिङ साइट, बसपार्क, नगर चक्रपथ निर्माणमा समेत जोड दिएको उपप्रमुख चक्रपाणि अर्यालका बताए। बुधवार कपिलवस्तुकासात स्थानीय सरकारले नीति तथा कार्यक्रम ...