सरकारले महान्यायाधिवक्तामा खम्म बहादुर खाती खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बाजुरा निवासी खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।