राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई वाणिज्य बैंकद्वारा जनही १ लाखसहितको सम्मान

८ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि भन्दै राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैया […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने

दाङ : लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको छ।सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।आइसिसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौ

माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख हस्तान्तरण

काठमाडौं (अस) । गत वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न  त्रि–देशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहनस्वरूप नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ । सोही प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख रुपैयाँ दिइएको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त सिरिजमा मलेसिया र नेदरल्यान्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनमा आयोजना हुन गइरहेको विश्वकप लिग २ मा नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड र नाम्बियाको सामना गर्नेछ । क्रिकेटर ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शन आउँदा दिनमा पनि विशिष्ट रहने दाबी गरे । ‘ट्र«ाई नेसन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै गर्व महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगत्मा नेपाल चाँडै उदाउनेमा आशावादी छु’, इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने । वैशाख १ गतेदेखि देशभर ई–लर्निङ प्लाटफर्म माई सेकेन्ड टिचर नेपाली शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको उद्देश्यसहित उपलब्ध गराइएको थियो ।