धानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताए।