जलजला गाउँपालिका-५ लोप्रेमा ११ औं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव भएको छ । लाटोकोसेरो तथा हुचिलको चोरीपैठारी बढेको पाइएपछि गाउँ सहरमा संरक्षण सन्देशका लागि विगत ११ वर्षदेखि उत्सव हुँदै आएको छ । नेपालमा २३ प्रजातिका हुचिल तथा लाटोकोसेरो पाइन्छन् । जिउँदै समाएर बिकी गर्ने र मार्नेसमेत गरेको पाइएको संरक्षणविद् बताउँछन् ।