जिसस सप्तरीको निर्वाचन असार  १२ मा

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गते आइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्र