प्रधानमन्त्रीको दुबई भ्रमणः उडान तालिका २ घण्टा अघि सार्दा विमानस्थलमा ३१ यात्रु अलपत्र

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार नेपाल एयरलाइन्सको जहाज नियमित उडान तालिकाभन्दा दुई घण्टा अगाडिनै दुबई प्रस्थान गर्दा यात्रुहरु विमानस्थलमै विचल्ली परेको तथ्य बाहिरिएको छ । काठमाडौंदेखि दुबईसम्मको उडानका लागि उक्त जहाजको समय तालिका हिजो (बुधबार) राति ११ बजेका लागि तोकिएको भएपनि उक्त जहाज प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई लिएर ९ बजेनै उडेको थियो […]