महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ ।
कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर ८ महिनापछि खुला गरिएको थियो ।
हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० भेटी संकलन भएको हो ।
गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मंसिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो संख्यामा भेटी संकलन भएको हलेसी विकास समि...