भैरहवा सीमा नाकामा कडाइ

भारतीय बजारमा किनिएका मालसामानको भन्सार पास नगरी नेपाल भित्र्याउन नदिन भैरहवा भन्सार नाकामा कडाइ गर्न थालिएको छ । घरायशी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता सीमा पारीको सुनौली, नौतनवा बजारमा किनमेल गर्न जाने गरेका छन् । उनीहरूले बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएपछि सीमा नाकामा कडाइ थालिएको हो ।

सम्बन्धित सामग्री

संक्रमण बढ्न थालेपछि सुनौली नाकामा कडाइ

कोरोनाको संक्रमणको क्रम बढ्न थालेपछि सुनौली–भैरहवा सीमा नाकाबाट हुने आवतजावतमा कडाइ गर्न थालिएको छ । सिमानामा तैनाथ नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले अत्यावश्यक काम बाहेक हुने आवागमनलाई निरुत्साहित गर्न सिमानामा कडाइ गर्न थालेका हुन् ।