बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ। भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ। केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए।
बागलुङ : निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ। निरन्तर रूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो। एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन वातावरणीय मूल्यांकनविनै निर्माण गर्दा समस्या भएको हो। स्वास्थ्यचौकीककी प्रमुख शान्ता शर्माले झण्डै १०० मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको बताइन्। पहिरोका कारण स्वास्थ्यचौकी