लुम्बिनी प्रदेशमा कोभिड न्यूनीकरणका  लागि योजना बनाइँदै

लुम्बिनी प्रदेशका  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सरकार कोभिड –१९ न्यूनीकरणमा केन्द्रित रहेको बताएका छन् । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि  आफ्नो जन्मथलो पाल्पाको रामपुरमा आएका उनले कोभिडको खतराबाट बच्नका लागि प्रदेश सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन हिसाबले योजना बनाइरहेको जानकारी दिए ।प्रदेशमा अहिले अक्सिजनको माग झण्डै तीन हजार पाँच सय सिलिन्डर रहेकामा  उत्पादन झण्डै दुई हजार एकसय सिलिन्डर रहेकाले नपुग आपूर्तिका लागि बाहिरबाट समन्वय गरेर ल्याउने