नेवाः समुदायले मनाउने गुँला पर्व सुरु (फोटोफिचर)

शुक्रबारदेखि नेवाः समुदायले मनाउने गुँला पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना शुक्रबारदेखि सुरु भएको हो । नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ । जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृत