लकडाउनको सदुपयोग गर्दै ब्यवसायिक कुरिलो खेती

झापाको दमकमा कुरिलो माग बढेसँगै कृषकहरुले व्यवसायिक खेतीमा जुटेका छन् । कोरोना महामारीले कार्यालय तथा अधिकांश ब्यापार ब्यवसाय बन्द भएकाबेला स्थानीय नारायण योङहाङ्गले १० कठ्ठा जग्गामा कुरिलो खेती गरी विक्री गर्न थाल्नुभएको हो ।