मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

सम्बन्धित सामग्री

सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन

रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरुमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धविराम घोषणा गरेको थियो । तर, ती शहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ । रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अवरुद्ध भएको युक्रेनले जनाएको छ ।  गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मार

रुसले युद्धविराम कार्यान्वयन गरेन : युक्रेन

एजेन्सी- रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही सहरमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ। रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो। तर, ती सहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ। रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अबरुद्ध भएको युक्रेनले […]