माउन्टेन गाइड लाइसेन्स वितरण रोक्न सर्वोच्चको अन्तरिम आदेश

पर्यटन विभागले वितरण शुरु गरेको माउन्टेन गाइड लाइसेन्स तत्काल रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर ज.व.राले विभागले फागुन २६ गते प्रकाशन गरेको सूचनाको आधारमा तत्काल लाइसेन्स वितरण नगर्न अन्तरिम आदेश दिएको हो । विभागले नेपाल पर्वतारोहण संघले वितरण गरेको रातो किताब पाएका दुई हजार ९४ जनालाई तत्काल लाइसेन्सका लागि आवेदन दिन आव्हान गरेको थियो । तर सर्वोच्च अदालतले चैत ९ गते नै उक्त कार्य रोक्न आदेश दिए पनि विभागले कीर्तिमानी आरोही कामीरिता शेर्पा लगायतलाई चैत १० गते वितरण गरी सकेको छ ।