साफ च्याम्पियसिपमा नेपाल र श्रीलंका भिड्दै

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ।

सम्बन्धित सामग्री

एभिसि सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ श्रीलंका च्याम्पियन, नेपाल चौथो

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो । तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा […]

श्रीलंका विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, ११ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । अंक विहीन रहदै समूह बी को पुछारमा रहेको नेपाल आज पहिलो जितको खाजिमा रहेको छ । श्रीलंका भने २ अंक जोडेर दोस्रो […]

साफ च्याम्पियनसीप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : साफ च्‍याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा…

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहनेछ । उता पहिलो दिनको खेलमा बंगलादेशसँग हारेको श्रीलंका पनि आज नेपाललाई […]

नेपाल–श्रीलंका सम्बन्ध

श्रीलंका सरकारले पनि नेपाल र श्रीलंकाका जनताबीचको सम्बन्ध कसिलो बनाउन नेपाली पर्यटकका लागि किफायती प्याकेज ल्याउनुपर्छ।अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजारछ, जुन दूरीका हिसाबले अत्यन्त महँगो हो।...

नेपाल–श्रीलंका साइनोको व्यावसायिक नवीकरण

नेपाल तथा श्रीलंका दुवै दक्षिण एसियाका उदाउँदा अर्थतन्त्र हुन् । पछिल्लो समय दुई मुलुकबीच सीधा हवाई सम्पर्कका लागि धेरै ठूलो दबाब पनि थियो । श्रीलंकामा बुद्ध धर्मप्रति अगाध श्रद्धा छ र श्रीलंकन पर्यटन नेपालको लुम्बिनी भ्रमणमा आउन बढी इच्छुक पनि छन् । तर, सीधा हवाई सम्पर्क नहुँदा यात्रा खर्चिलो तथा समय पनि धेरै लाग्ने भएका […]

क्रिकेट टोलीका प्रशिक्षक वाटमोर श्रीलंका फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार बिहाज श्रीलंका फर्किएका छन्। उनी स्वदेश फर्किएको क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिए। दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान)का सम्पूर्ण गतिविधि स्थगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएका हुन्। वाटमोर अब कोरोनाको स्थिती सामान्य भएपछि मात्रै नेपाल क्यानले बताएको छ।

एएफसी कप खेल्न आइपुग्यो श्रीलंका पुलिसको टिम, र्‍याडिसन होटलमा रहने

काठमाडौं : एएफसी कप खेल्न श्रीलंका पुलिस स्पोर्टिङ क्लबको टोली नेपाल आइपुगेको छ। श्रीलंकन टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष लेफ्टिनेन्ट कर्णेण ब्रजेश महर्जनले स्वागत गरे। नेपाल रहँदा श्रीलंकन खेलाडीहरु र्‍याडिसन होटलमा रहने नेपाल आर्मीले जनाएको छ। आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल…

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै एक महिला श्रीलंका पुर्याएर बेचविखनमा परेकी छन् । महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेमबहादुर सुबेदी रहेको प्रहरीले जनाएको छ । सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए । श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।