मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

मकवानपुर : बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्पाम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ।मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए।त्यस्तै, बैठकले प्रदेशको बहुवर्षिय आयोजना अन्तर्गत बागमती प्रदेशमा निर्माण भएका प्रहरी चौकीको २६ करोड ५५ लाख भुक्तानी स्वीकृत दिने निर्णय गरेको छ