चामल ढुवानी सम्बन्धी ठेक्कामा अनियमितता गरिएको भन्दै परेको रिटमा यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता नदिएपछि अब हुम्लामा चामल आपूर्ति सहज हुने भएको छ ।
निजी विमान सेवा प्रदायक कम्पनी समिट एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित ५ निकायलाई विपक्षी बनाई दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रप्रसाद उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आइतवार सुनुवाइ गर्दै अन्तरिम...