११ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरेको […]